Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

मूल्य, म्याद, गुणस्तर र नापतौलमा ध्यान दिन उपभोक्तालाई आग्रह

गौरीशंकरका ग्रामीण बजारमा अनुगमन, व्यवसायीलाई मापदण्ड पालना गर्न आग्रह

गौरीशंकरमा बजार अनुगमन

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २१ असोज २०८३, बुधवार
गौरीशंकरका ग्रामीण बजारमा अनुगमन, व्यवसायीलाई मापदण्ड पालना गर्न आग्रह

News Summary


गौरीशंकरका ग्रामीण बजारमा उपभोक्ता सचेतना तथा बजार अनुगमन गरिएको छ।

अनुगमनका क्रममा वस्तुको मूल्य, म्याद, गुणस्तर र नापतौल जाँच गरिएको छ।

व्यवसायीलाई कानुन तथा मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

उपभोक्तालाई सामान खरिद गर्दा मूल्य, म्याद र गुणस्तरमा ध्यान दिन अनुरोध गरिएको छ।

दोलखा । गौरीशंकर गाउँपालिकाका ग्रामीण बजारमा उपभोक्ता सचेतना तथा बजार अनुगमन कार्यक्रम गरिएको छ।

इलाका प्रशासन कार्यालय सिंगटीका प्रमुख भरतकुमार दास, स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय र इलाका प्रहरी कार्यालय सिंगटीको संयुक्त टोलीले बजार अनुगमन गरेको हो।

अनुगमनका क्रममा दैनिक उपभोग्य वस्तुको मूल्य, गुणस्तर, म्याद, नापतौल तथा बिक्री–वितरणको अवस्था जाँच गरिएको थियो। व्यवसायीलाई प्रचलित कानुन तथा मापदण्ड पालना गर्न आग्रह गरिएको छ।

यस्तै, उपभोक्तालाई सामान खरिद गर्दा मूल्य, म्याद, गुणस्तर र नापतौलमा ध्यान दिन आग्रह गरिएको छ।

ग्रामीण बजारलाई व्यवस्थित, पारदर्शी र उपभोक्तामैत्री बनाउने उद्देश्यले अनुगमन गरिएको जनाइएको छ।

386 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट