Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

दोलखामा साना तथा लघु उद्यमीका लागि ई–कमर्स तालिम सुरु

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ९ पुष २०८२, बुधवार
दोलखामा साना तथा लघु उद्यमीका लागि ई–कमर्स तालिम सुरु

00:0000:00

News Summary


  • दोलखामा स्थानीय उद्यमीहरूलाई डिजिटल व्यापारतर्फ उन्मुख गराउन दुईदिने ई–कमर्स तालिम सुरु भएको छ।
  • मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ र दोलखा उद्योग वाणिज्य संघको सहकार्यमा आयोजित यस तालिममा अनलाइन बजार विस्तार, भुक्तानी प्रणाली र ग्राहक व्यवस्थापनबारे प्रशिक्षण दिइँदैछ।

दोलखा। स्थानीय उद्यमीलाई डिजिटल व्यापारतर्फ उन्मुख गराउन दोलखामा दुईदिने ई–कमर्स तालिम सुरु भएको छ। चरिकोटस्थित होटल किङ्स एण्ड लजमा आयोजित तालिमको उद्घाटन बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री बिन्दु श्रेष्ठले गर्दै साना उद्यमीलाई प्रविधिमैत्री बन्न आग्रह गरिन्।

कार्यक्रमको अध्यक्षता निर्देशक पुष्कर चन्द्र घिमिरेले गरेका थिए भने सञ्चालन महासचिव सुरेश उप्रेतीले गरे।दोलखाका विभिन्न व्यवसायिक संघ–संस्था, विद्यार्थी तथा रामेछापका उद्यमीसहित उल्लेख्य सहभागिता रहेको तालिममा Hyperce.io का प्रशिक्षक सौरभ चालिसेले अनलाइन बजार विस्तार, भुक्तानी प्रणाली र ग्राहक व्यवस्थापनबारे प्रशिक्षण दिइरहेका छन्।

मन्त्रालयको आयोजना, नेपाल उद्योग वाणिज्य महासंघको समन्वय र दोलखा उद्योग वाणिज्य संघको सहकार्यमा तालिम सञ्चालन गरिएको छ।

644 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट