पालिकाध्यक्षको पहलमा स्थानीय नागरिकलाई छुट सहितको स्वास्थ्य सुविधा
327
Sharesदोलखा — दोलखाका स्थानीय नागरिकले अब सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएका छन्। पालिकाध्यक्षसँगै नेपाली कांग्रेस क्षेत्रीय उपसभापति सुवास लामा तथा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य विनोद शाहीको पहलमा एभरेष्ट अस्पताल, बानेश्वरसँग छुटसम्बन्धी सम्झौता सम्पन्न भएको हो।
सम्झौताअनुसार, नेपाली कांग्रेसका क्रियाशील सदस्यले उपचारमा २५% र औषधिमा १०% छुट पाउनेछन् भने बैलेश्वर गाउँपालिकाका सबै नागरिकले उपचारमा २०% र औषधिमा १०% छुट पाउनेछन्। अस्पतालका अनुसार, औषधि, बेड, अप्रेसन र डाक्टर खर्च सबै सुविधा एकसाथ लिँदा बिरामीले ३५% छुट पाउनेछन्। गरिब, असहाय र विपन्न वर्गका लागि थप विशेष छुटको व्यवस्था पनि गरिएको छ।
सम्झौता कार्यक्रममा पालिकाध्यक्षसँगै नेपाली कांग्रेस क्षेत्रीय उपसभापति सुवास लामा र नेविसंघ केन्द्रीय सदस्य विनोद शाही उपस्थित थिए।
327 Shares