Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

फलाक नाकातर्फ विकासको छलाङ, विगु–१ मा बेलिब्रिजले बदलेको भविष्य

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १० पुष २०८२, बिहिवार
फलाक नाकातर्फ विकासको छलाङ, विगु–१ मा बेलिब्रिजले बदलेको भविष्य

00:0000:00

दोलखा — दशकौँदेखि जोखिमपूर्ण पैदल यात्रा गर्न बाध्य स्थानीयवासीका लागि ठूलो राहत मिलेको छ। विगु गाउँपालिका–१ मा निर्माण गरिएको ५७ मिटर लामो बेलिब्रिज पुल सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको हो।गाउँपालिका अध्यक्ष सञ्जिव ओलीद्वारा उद्घाटन गरिएको पुल सञ्चालनमा आएसँगै हुरहुरेबाट फलाक नाकासम्म पुग्न अब आधा घण्टामात्र लाग्ने भएको छ।

यसअघि खोलामा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता अब इतिहास बनेको छ।पुल निर्माणसँगै सीमावर्ती फलाक नाकासम्म सडक विस्तारको ढोका खुलेको छ। अध्यक्ष ओलीका अनुसार थप ३ किलोमिटर सडक खनिएपछि फलाक नाकासम्म नियमित यातायात सेवा सञ्चालन हुने निश्चितजस्तै भएको छ।सानिमा जुम खोला हाइड्रोपावरद्वारा निर्माण गरिएको उक्त पुलले केवल आवत–जावत मात्रै होइन, यस क्षेत्रको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा निर्णायक परिवर्तन ल्याउने विश्वास गरिएको छ। हाल हाइड्रोपावरको ड्यामसम्म सडक पुगिसकेको छ, जसले दुर्गम मानिएको यो क्षेत्र अब विकासको मूलधारमा जोडिने संकेत दिएको छ।

स्थानीयवासीले पुललाई “विकासको मेरुदण्ड” भन्दै खुशी व्यक्त गरेका छन्। पुल सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य, व्यापार र सुरक्षा सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

377 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट