Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

बालबालिकाको सहयोग : पतञ्जली योग समितिद्वारा खाजा र स्टेशनरी वितरण

पतञ्जली योग समिति दोलखाद्वारा गौरीशङ्कर बालगृहका बालबालिकालाई खाजा तथा स्टेशनरी वितरण

सामाजिक उत्तरदायित्वअन्तर्गत बालगृहमा आश्रित बालबालिकालाई सहयोग

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १९ पुष २०८२, शनिवार
पतञ्जली योग समिति दोलखाद्वारा गौरीशङ्कर बालगृहका बालबालिकालाई खाजा तथा स्टेशनरी वितरण

News Summary


  • पतञ्जली योग समिति दोलखाले गौरीशङ्कर बालगृहका बालबालिकालाई खाजा र स्टेशनरी सामग्री वितरण गर्यो।
  • यो कार्यक्रम सामाजिक उत्तरदायित्वअन्तर्गत बालबालिकाको पोषण र शैक्षिक आवश्यकतालाई ध्यानमा राखी सञ्चालन गरिएको थियो।
  • समितिले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

दोलखा । पतञ्जली योग समिति दोलखाको आयोजनामा शनिबार गौरीशङ्कर बालगृहमा आश्रित बालबालिकालाई खाजा खुवाउने तथा स्टेशनरी सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत बालगृहमा रहेका बालबालिकाको शैक्षिक तथा पोषण आवश्यकतालाई ध्यानमा राख्दै उक्त कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कार्यक्रममा बालबालिकालाई खाजासँगै कापी, कलमलगायत आवश्यक स्टेशनरी सामग्री वितरण गरिएको थियो ।

पतञ्जली योग समिति दोलखाले आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

584 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट