नेकपा एमालेका प्रभावशाली नेता होम पाठक नेकपामा प्रवेश
प्रचण्ड र माधव नेपालको उपस्थितिमा होम पाठकको नेकपामा प्रवेश
1618
SharesNews Summary
- नेकपा एमाले दोलखाका प्रभावशाली नेता होम पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरे।
- उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सह-संयोजक माधवकुमार नेपालले पार्टीमा स्वागत गरे।
- पाठकले वैकल्पिक कम्युनिस्ट शक्तिको आवश्यकता र समाज परिवर्तनका लागि एकताबद्ध आन्दोलनमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे।
दोलखा। नेकपा एमाले दोलखाका प्रभावशाली नेता होम पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। बिहीबार आयोजित एक कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सह–संयोजक माधवकुमार नेपालले उनलाई पार्टीमा स्वागत गरे।
पार्टी प्रवेश कार्यक्रममा पाठकले देशमा वैकल्पिक कम्युनिस्ट शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै नेकपामार्फत जनताको पक्षमा सक्रिय राजनीतिमा लाग्ने प्रतिबद्धता व्यक्त गरे। उनले समाज परिवर्तनका लागि एकताबद्ध कम्युनिस्ट आन्दोलन आवश्यक रहेको बताए।
कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
1618 Shares