Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

विगुमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

विगुमा ११ विद्यालयबीच राष्ट्रपति रनिङ्ग शिल्डको प्रतिस्पर्धा सुरु, ४ गतेसम्म चल्ने

११ विद्यालयको सहभागितामा विगुमा राष्ट्रपति रनिङ्ग शिल्ड सुरु।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २ वैशाख २०८३, बुधवार
विगुमा ११ विद्यालयबीच राष्ट्रपति रनिङ्ग शिल्डको प्रतिस्पर्धा सुरु, ४ गतेसम्म चल्ने

News Summary


  • दोलखाको विगु गाउँपालिकामा ११ विद्यालयको सहभागितामा 'छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८३' सुरु भएको छ।
  • वैशाख ४ गतेसम्म चल्ने यस प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुखले गरेका हुन्।
  • प्रतियोगिताले विद्यार्थीको अनुशासन र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएको छ।

दोलखा। विगु गाउँपालिकामा ११ वटा विद्यालयको सहभागितामा ‘छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८३’ सुरु भएको छ। बुधबार विगु गाउँपालिका–४ लादुकस्थित खेल मैदानमा प्रतियोगिताको भव्य उद्घाटन गरिएको हो।

​जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानीले पानसमा दिप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गरेका हुन्। उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि घतानीले खेलकुदले विद्यार्थीको अनुशासन र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

​विगु गाउँपालिकाका अध्यक्ष सन्जिव ओलीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत गरी ११ वटा विद्यालयका खेलाडी विद्यार्थीहरूको सहभागिता रहेको छ। पालिकाले स्थानीय स्तरमा खेलकुदको जग बलियो बनाउन हरेक वर्ष प्रतियोगितालाई परिष्कृत गर्दै लगेको अध्यक्ष ओलीले बताए।

​लादुकको खेल मैदानमा सुरु भएको यो प्रतियोगिता वैशाख ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ। प्रतियोगिता अवधिभर भलिबल, एथलेटिक्स लगायतका विभिन्न विधामा विद्यार्थीहरूबीच कडा प्रतिस्पर्धा हुनेछ।

​उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा स्थानीय बासिन्दाहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो। प्रतियोगिताको अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी र विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ।

651 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट