बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामना गर्दै चरिकोटमा महाआरती
बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली
424
SharesNews Summary
- रसुवा, नुवाकोट र धादिङ बाढीमा ज्यान गुमाएकाको चिरशान्तिको कामनासाथ चरिकोटमा महाआरती तथा १०८ दीप प्रज्वलन गरिएको छ।
- बाढीपीडित परिवारप्रति ऐक्यबद्धता जनाउँदै सेतीदेवी झारफुक परामर्श केन्द्रलगायतले कार्यक्रम आयोजना गरेको हो।
दोलखा । हरितालिका तीजको अवसरमा रसुवा, नुवाकोट र धादिङमा बाढीका कारण ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना गर्दै चरिकोटमा महाआरती तथा १०८ दीप प्रज्वलन गरिएको छ।
चरिकोटमा आयोजित कार्यक्रममा तीन जना गुरुबाट पशुपतिनाथ, बागमती, गंगा र गौरीशंकरको महाआरती गरिएको थियो। सो क्रममा १०८ दीप प्रज्वलन गरी बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।
सेतीदेवी झारफुक परामर्श केन्द्र तारथली, दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ चरिकोटलगायतको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो।
आयोजकका अनुसार विपद्मा ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना तथा पीडित परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले कार्यक्रम गरिएको हो।
424 Shares