Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

दोलखामा हिमपात

दोलखाको उच्च भेगमा हिमपात, किसानलाई राहत

उच्च भेग सेताम्य, किसानलाई भने चिस्यानले राहत

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ७ चैत २०८२, शनिवार
दोलखाको उच्च भेगमा हिमपात, किसानलाई राहत

News Summary


  • दोलखाको उच्च भेगमा शुक्रबार रातिदेखि वर्षासँगै हिमपात भएको छ।
  • लप्ची, च्योरोल्पा, कालिन्चोक, शैलुङ, सोथली र चेदुङ क्षेत्रमा हिमपात देखिएको छ।
  • हिमपातपछि ती क्षेत्रहरू सेताम्य बनेका छन् र चिसो बढेको छ।
  • जनजीवन, पशुपालन र आवतजावत प्रभावित भएका छन्।
  • हिउँ पग्लिएपछि माटोमा चिस्यान बढ्ने अपेक्षा गरिएको छ।

दोलखा । शुक्रबार रातिदेखि वर्षासँगै दोलखाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ।

लप्ची, च्योरोल्पा, कालिन्चोक, शैलुङ, सोथली र चेदुङ लगायतका क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन्। हिमपातपछि ती क्षेत्रहरू सेताम्य बनेका छन् भने चिसो पनि उल्लेख्य रूपमा बढेको छ।

हिमपातका कारण उच्च भेगको जनजीवन प्रभावित भएको छ। विशेषगरी पशुपालन र आवतजावतमा कठिनाइ देखिएको छ।

तर, यही हिमपातले किसानलाई भने राहत दिएको छ। हिउँ पग्लिएपछि माटोमा पर्याप्त चिस्यान रहने भएकाले बालीका लागि राम्रो वातावरण बन्ने अपेक्षा गरिएको छ। साथै चिसोका कारण बालीमा लाग्ने कीरा तथा रोगको असर कम हुने र सिँचाइका स्रोतहरू पनि भरिन मद्दत पुग्ने विश्वास गरिएको छ।

मौसमविद्हरूका अनुसार पश्चिमी वायुको प्रभावका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको हो।

652 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट