Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

शैक्षिक सहयोग / परोपकार

जिरीका विद्यार्थीलाई बेलायती नागरिकको उपहार: न्यानो कपडादेखि जुत्तासम्म सहयोग

बेलायती नागरिक सान्द्रा जिल सुसीको आर्थिक सहयोगमा सामग्री वितरण

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २५ चैत २०८२, बुधवार
जिरीका विद्यार्थीलाई बेलायती नागरिकको उपहार: न्यानो कपडादेखि जुत्तासम्म सहयोग

News Summary


  • जिरी-७, हिलेस्थित देउराली आधारभूत विद्यालयका विद्यार्थीहरूले शैक्षिक सामग्री, न्यानो कपडा र जुत्ता सहयोग पाए।
  • बेलायती नागरिक सान्द्रा जिल सुसीको आर्थिक सहयोगमा, चिसो र आर्थिक अभावमा रहेका बालबालिकाको शिक्षालाई टेवा पुर्‍याउन यो वितरण गरिएको हो।

दोलखा ।  जिरी नगरपालिका–७, हिलेस्थित देउराली आधारभूत विद्यालयका विद्यार्थीहरूले शैक्षिक सामग्री र लत्ताकपडा सहयोग पाएका छन् । बेलायती नागरिक सान्द्रा जिल सुसीको आर्थिक सहयोगमा विद्यार्थीहरूलाई सो सामग्री वितरण गरिएको हो ।

​बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच विद्यार्थीहरूलाई प्रतिव्यक्ति दुई जोर न्यानो कपडा, एक जोर जुत्ता र आवश्यक स्टेशनरी सामग्री प्रदान गरियो । चिसो मौसम र आर्थिक अवस्थाका कारण समस्यामा परेका बालबालिकालाई लक्षित गरी यो सहयोग जुटाएको हो ।

​सहयोग पाएपछि विद्यार्थीहरू निकै खुसी देखिएका छन् । लामो समयदेखि सामाजिक कार्यमा रुचि राख्ने सान्द्राले बालबालिकाको शिक्षामा टेवा पुगोस् भन्ने उद्देश्यले यो सहयोग पठाएकी हुन् ।

​कार्यक्रममा विद्यालयका शिक्षक, अभिभावक र स्थानीयको उपस्थिति रहेको थियो । विद्यालयले सहयोगी दातालाई हृदयदेखि धन्यवाद दिँदै यस्तो सहयोगले बालबालिकालाई नियमित विद्यालय आउन हौसला मिल्ने विश्वास व्यक्त गरेको छ

504 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट