विद्यार्थीलाई आत्महत्या रोकथामबारे सचेत गराउँदै प्रहरी
सिङ्गटी प्रहरीले विद्यार्थीलाई आत्महत्या रोकथामबारे दियो जानकारी
343
SharesNews Summary
सिङ्गटी प्रहरीले विद्यार्थीलाई आत्महत्या रोकथामबारे जानकारी दियो।
कालिनाग माविका विद्यार्थीहरूसँग अन्तरक्रिया गरियो।
समस्या पर्दा सहयोग माग्न विद्यार्थीलाई आग्रह गरियो।
आफू र अरूलाई सुरक्षित राख्ने उपायबारे जानकारी दिइयो।
दोलखा । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा इलाका प्रहरी कार्यालय सिङ्गटीले विद्यार्थीलाई आत्महत्या रोकथामबारे सचेत गराएको छ।
बिहीबार कालिनाग माध्यमिक विद्यालयका विद्यार्थीहरूसँग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गर्दै प्रहरीले आत्महत्या रोक्न सकिने उपायबारे जानकारी दिएको हो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय सिङ्गटीका प्रहरी निरीक्षक विष्णुहरि फुँयालले समस्या पर्दा आत्महत्या गर्नुको सट्टा परिवार, साथीभाइ वा सम्बन्धित व्यक्तिसँग कुरा गर्नुपर्ने बताए। उनले आफूलाई समस्या पर्दा मात्र नभई अरू कसैमा त्यस्तो समस्या देखिए पनि सहयोग गर्नुपर्ने विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए।
343 Shares