‘रितबहादुर खड्काले देखेको सपना पूरा गर्नेछु’ : घनश्याम रिजाल
रितबहादुर खड्काको नामबाट नामकरण गरिएको प्रताप स्मृति कलेज
317
SharesNews Summary
राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सहिद रितबहादुर खड्काले देखेको सपना पूरा गर्ने बताएका छन्।
प्रताप स्मृति कलेजको १८औँ क्याम्पस सभामा बोल्दै रिजालले कलेजको विकास र सुधारका लागि पहल गर्ने बताए।
रितबहादुर खड्काको नामबाट नामकरण गरिएको कलेजलाई अझ राम्रो बनाउँदै लैजानुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा सहायक कलेज प्रमुख रोशन कार्कीले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
दोलखा । राष्ट्रिय सभा सदस्य घनश्याम रिजालले सहिद रितबहादुर खड्काले देखेको सपना पूरा गर्ने बताएका छन्।
प्रताप स्मृति कलेजको १८औँ क्याम्पस सभामा बोल्दै रिजालले कलेजको विकास र सुधारका लागि आफूले सक्दो पहल गर्ने बताए।
रितबहादुर खड्काको नामबाट प्रताप स्मृति कलेज नामकरण गरिएको उल्लेख गर्दै उनले कलेजलाई अझ राम्रो बनाउँदै लैजानुपर्ने बताए।
कार्यक्रम कलेज व्यवस्थापन समितिका ज्येष्ठ सदस्य श्याम शिवाकोटीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकीलगायतको उपस्थिति थियो।
कार्यक्रममा सहायक कलेज प्रमुख रोशन कार्कीले कलेजको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रताप स्मृति कलेज २०६५ सालमा स्थापना भएको हो।
317 Shares