दाजुको स्मृति दिवसमा चुनु केसीले १०० विद्यार्थीलाई हुडी बाँडिन्
दाजुको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीलाई सहयोग
328
SharesNews Summary
- तिलक केसीको २३औँ स्मृति दिवसको कारणले चुनु केसीले जिरीको सहिद स्मृति आवासीय माध्यमिक विद्यालयका १०० कक्षा १‑५ का विद्यार्थीलाई हुडी सेट वितरण गरी स्मृतिलाई सामाजिक सेवासँग जोडिन्।
- विद्यार्थीहरूले हुडी सेट पाएपछि खुशी व्यक्त गरे, जसले विद्यालयमा उत्सवको माहोल सृजना गरी बाल दिवसको महत्व बृद्धि गर्यो।
दोलखा । नेकपाकी केन्द्रीय सदस्य चुनु केसीले आफ्ना दाजु तिलक केसीको २३औँ स्मृति दिवसको अवसरमा जिरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयका १०० जना विद्यार्थीलाई हुडी सेट वितरण गरेकी छन्।
बाल दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्यार्थीलाई हुडी सेट वितरण गरिएको हो।
कार्यक्रममा आफ्ना दाजुलाई सम्झिँदै चुनु केसी भावुक बनिन्। उनले दाजुको निधनपछि आफूले अहिलेसम्म भाइटीका, तीजलगायतका चाडपर्वसमेत नमनाएको बताइन्।
दाजुको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै विद्यार्थीलाई सहयोग गरिएको उनले बताइन्।
कार्यक्रममा नेकपाका नेता अशोक दाहाल, वैतेश्वर गाउँपालिका–५ का अध्यक्ष भुवन घिमिरे, विद्यालयका प्रधानाध्यापक केन्द्र ज्योति खड्कालगायतको उपस्थिति थियो।
हुडी सेट वितरणमा चुनु केसी, जयराम लामिछाने, अष्ट्रेलियामा रहेका निशान्त खड्का, अमेरिकामा रहेका सुबास लामा, इङ्ल्यान्डमा रहेका सुरज गिरी र जापानमा रहेका नवराज दाहालले सहयोग गरेका हुन्।
हुडी सेट पाएपछि विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन्।
328 Shares