Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

गौरीशंकरको शैक्षिक छलाङ: तीन वर्षमै ४६ बाट ८८ प्रतिशत पुग्यो नतिजा

शिक्षामा गौरीशंकरको छलाङ : तीन वर्षमै ४६ बाट ८८ प्रतिशत पुग्यो कक्षा ८ को नतिजा

८ वटा विद्यालयको नतिजा शतप्रतिशत, अध्यक्ष कार्की भन्छन्– "शैक्षिक सुधारको अभियान सफल हुँदैछ

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २७ चैत २०८२, शुक्रवार
शिक्षामा गौरीशंकरको छलाङ : तीन वर्षमै ४६ बाट ८८ प्रतिशत पुग्यो कक्षा ८ को नतिजा

News Summary


  • गौरीशंकर गाउँपालिकाको कक्षा ८ को उत्तीर्ण दर तीन वर्षमै ४६% बाट बढेर ८८.९५% पुग्यो।
  • अध्यक्ष बिश्वास कार्कीका अनुसार शैक्षिक सुधारको ठोस नीतिका कारण उत्तीर्ण दर झन्डै दोब्बर वृद्धि।
  • पालिकाका १२ मध्ये ८ वटा विद्यालयले ल्याए शतप्रतिशत (१००%) नतिजा
  • कुल १७२ परीक्षार्थीमध्ये १५३ उत्तीर्ण; प्रमुख प्रशासकीय अधिकृत रिजेश उपर्कोटीद्वारा नतिजा सार्वजनिक

 दोलखा।  गौरीशंकर गाउँपालिकाको शैक्षिक गुणस्तरमा पछिल्लो तीन वर्षमा चामत्कारिक सुधार देखिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको शैक्षिक सत्र २०८२ को कक्षा ८ को नतिजा अनुसार उत्तीर्ण हुने विद्यार्थीको दर झण्डै दोब्बरले बढेको हो ।

​गाउँपालिका अध्यक्ष बिश्वास कार्कीले शिक्षा क्षेत्रमा आफूहरूले लिएको लक्ष्य बिस्तारै सफल हुँदै गएको बताउनुभयो । "हामीले नेतृत्व सम्हाल्दा २०८० सालमा पालिकाको नतिजा मात्र ४६ प्रतिशत थियो," अध्यक्ष कार्कीले भन्नुभयो, "त्यसपछि शैक्षिक सुधारका अभियानहरू चलायौँ, जसले गर्दा २०८१ मा ७२ प्रतिशत हुँदै यस वर्ष ८८.९५ प्रतिशत पुग्न सफल भएका छौँ ।"

​प्रमुख प्रशासकीय अधिकृत रिजेश उपर्कोटीका अनुसार यस वर्षको परीक्षामा सहभागी १७२ विद्यार्थीमध्ये १५३ जना उत्तीर्ण भएका छन् । पालिकाभरिका १२ विद्यालयमध्ये ८ वटा विद्यालयले शतप्रतिशत (१००%) नतिजा ल्याएर उत्कृष्ट प्रदर्शन गरेका छन् ।

​यी हुन् शतप्रतिशत नतिजा ल्याउने ८ विद्यालयहरू :

सर्सिपु आ.वि., नवज्योति आ.वि., हलेश्वर मा.वि., जयन्तिपुर आ.वि., भूमेगुम्बा मा.वि., खारे मा.वि., छेसाखारे आ.वि. र टासिनाम आ.वि.का सबै विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, सबैभन्दा धेरै विद्यार्थी संख्या रहेको निलकण्ठेश्वर माध्यमिक विद्यालयको उत्तीर्ण प्रतिशत ८८.३७ रहेको छ ।

​अध्यक्ष कार्कीले यो सफलताको श्रेय शिक्षक, विद्यार्थी र अभिभावकको सामूहिक मेहनतलाई दिनुभएको छ । केही विद्यालयको नतिजामा अझै सुधार ल्याउन बाँकी रहे पनि समग्र पालिकाको शैक्षिक ग्राफ लगातार उकालो लाग्नुले ठूलो उत्साह थपेको उहाँको भनाइ छ । पालिकाले आगामी दिनमा सामुदायिक विद्यालयको भौतिक र शैक्षिक अवस्थालाई अझ सुदृढ बनाउने योजना अघि सारेको छ ।

565 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट