Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

रैथाने बाली संरक्षण

रैथाने बाली जोगाउन गौरीशंकरमा मेला

स्थानीय बीउबिजनको संरक्षण र प्रवर्द्धनका लागि गाउँपालिकाको विशेष अभियान

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २ वैशाख २०८३, बुधवार
रैथाने बाली जोगाउन गौरीशंकरमा मेला

News Summary


  • गौरीशंकर गाउँपालिकाले लोपोन्मुख रैथाने बाली संरक्षणका लागि तीन दिने मेला आयोजना गरेको छ।
  • आधुनिक प्रविधि र बदलिँदो जीवनशैलीले संकटमा परेका विभिन्न रैथाने अन्नबाली, तरकारी र फलफूलका स्टलहरू मेलामा प्रदर्शन गरिएका छन्।
  • मेलामा रैथाने बाली संरक्षणको आवश्यकतामाथि जोड दिइएको छ र उत्कृष्ट स्टललाई पुरस्कृत गरिनेछ।

दोलखा । गौरीशंकर गाउँपालिकाले लोपोन्मुख रैथाने बाली संरक्षणका लागि तीन दिने मेला आयोजना गरेको छ। परम्परागत रूपमा पाइने स्थानीय बाली हराउँदै जान थालेपछि मेलामार्फत संरक्षण अभियान अघि बढाइएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले आधुनिक कृषि प्रविधि, रासायनिक विषादीको प्रयोग र बदलिँदो जीवनशैलीका कारण रैथाने बाली संकटमा परेको बताए। भावी पुस्ताका लागि यस्ता बाली जोगाउन आवश्यक रहेको उनको भनाइ छ।

मेलामा सबै वडाबाट अन्नबाली, तरकारी र फलफूलका स्टल राखिएका छन्। गहुँ, कोदो, फापर, जौ, मुसुरो लगायतका बालीसँगै कागुनो, चिनो, गहत, मास, तितो फापर र घिउँ कोदो जस्ता लोपोन्मुख बाली प्रदर्शनमा राखिएका छन्।

उत्कृष्ट स्टललाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ। मेला बैशाख ३ गतेसम्म चल्नेछ।

गाउँपालिका अध्यक्ष विश्वास कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी प्रमुख अतिथि थिए। कार्यक्रममा विभिन्न जनप्रतिनिधि, कृषि विज्ञ र सरोकारवालाले रैथाने बाली संरक्षणको आवश्यकताबारे धारणा राखेका थिए।

कार्यक्रममा गाउँपालिकालाई सहयोग गर्ने संघ–संस्थालाई प्रमाणपत्र र खादा सहित सम्मान गरिएको थियो।

कार्यक्रममा जनप्रतिनिधि, वडा अध्यक्ष, सुरक्षा निकाय र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु सहभागी थिए।

488 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट