सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?
251
Sharesकाठमाडौं। नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ। यस दिन सुन तोलामा दुई हजार ३०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो।
आज चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
251 Shares