Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

अब एटिएमबाट एक सय रुपैयाँको नोट पनि झिक्न मिल्ने

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३० भदौ २०८३, मङ्गलवार
अब एटिएमबाट एक सय रुपैयाँको नोट पनि झिक्न मिल्ने

News Summary


  • नेपाल राष्ट्र बैंकको निर्देशनपछि अब एटिएमबाट एक सय रुपैयाँको नोट झिक्न सकिने भएको छ ।
  • चाडपर्व नजिकिँदै गर्दा एटिएमबाट साना दरका नोट वितरण गर्न राष्ट्र बैंकले दिएको छ निर्देशन ।
  • एटिएमबाट एक सय रुपैयाँको नोट झिक्न मिल्नेपछि सेवाग्राहीहरूलाई बैंकमा लाइन बस्नुपर्ने बाध्यता समाप्त हुनेछ ।

काठमाडौँ। अबदेखि एटिएम (ATM) बाट एक सय रुपैयाँको नोटसमेत झिक्न मिल्ने भएको छ।

दशैँ नजिकिँदै गर्दा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एटिएमबाट एक सय रुपैयाँको नोटसमेत वितरण गर्न मिल्ने व्यवस्था गर्न निर्देशन दिएको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले नेपाल बैंकर्स संघलाई पत्राचार गर्दै अबदेखि एटिएम मेसिनबाट एक सय रुपैयाँको नोटसमेत वितरण हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

चाडपर्वका बेला बैंक तथा वित्तीय संस्थाहरुमा हुने अत्याधिक भीडभाड काम गर्न र सेवा सहज गर्न यस्तो निर्देशन दिइएको नेपाल राष्ट्र बैंकका अधिकारीको भनाई छ । 

हाल बैंक तथा वित्तीय संस्थाका एटिएमहरुले एक हजार र ५ सय रुपैयाँ दरका नोट मात्र वितरण गर्दै आएका छन् । तर, अब भने बैंक तथा वित्तीय संस्थाका एटिएमबाट १ सय रुपैयाँ पनि झिक्न मिल्नेछ । 

यसले साना दरका नोट सटहीका लागि सेवाग्राही बैंकमै पुगेर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।

250 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट