Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

मालबाहकमा रोक

मालबाहक सवारीलाई बिहानैदेखि चल्न दिन माग

मालबाहक सवारी साँझ ६ बजेपछि मात्रै चलाउँदा आपूर्ति र चालकको सुरक्षामा समस्या हुने संघको भनाइ

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २५ भदौ २०८३, बिहिवार
मालबाहक सवारीलाई बिहानैदेखि चल्न दिन माग

News Summary


मालबाहक सवारीलाई बिहानैदेखि सहज रूपमा सञ्चालन गर्न माग।

साँझ ६ बजेपछि मात्रै चलाउँदा अत्यावश्यक वस्तुको ढुवानीमा समस्या।

रातको यात्राले चालकको थकान बढाएर दुर्घटनाको जोखिम बढ्न सक्ने संघको भनाइ।

दोलखा । सिन्धुलीको खुर्कोट हुँदै दोलखा र रामेछापतर्फ आवतजावत गर्ने मालबाहक सवारी साधनलाई बिहानैदेखि सहज रूपमा सञ्चालन गर्न दिन माग गरिएको छ।

दोलखा तथा रामेछापका व्यवसायी र यातायात व्यवसायीले मालबाहक सवारीलाई साँझ ६ बजेपछि मात्रै सञ्चालन गर्न दिइएको भन्दै गुनासो गरेपछि दोलखा उद्योग वाणिज्य संघले ध्यानाकर्षण जनाएको हो।

संघका अध्यक्ष सनत थापाले सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउँदै चाडपर्वको समयमा खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, औषधि, खाना पकाउने ग्यास, फलफूललगायत अत्यावश्यक वस्तुका साथै छड, सिमेन्ट र अन्य निर्माण सामग्रीको नियमित ढुवानीका लागि मालबाहक सवारीको सहज आवागमन आवश्यक रहेको बताएका छन्।

साँझपछि मात्रै सवारी सञ्चालन गर्न दिँदा चालकले रातको समयमा लामो दूरीको यात्रा गर्नुपर्ने र थकानका कारण सडक दुर्घटनाको जोखिम बढ्न सक्ने संघको भनाइ छ।

संघले जिल्ला प्रशासन कार्यालय दोलखामार्फत सिन्धुली र रामेछापका जिल्ला प्रशासन तथा प्रहरी कार्यालयसँग समन्वय गरी मालबाहक सवारीलाई बिहानैदेखि सहज र सुरक्षित रूपमा सञ्चालन गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ।

चाडपर्वका समयमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन तथा व्यवसायी र उपभोक्ताले अनावश्यक समस्या भोग्न नपरोस् भन्दै संघले तत्काल पहल गर्न प्रशासनसँग आग्रह गरेको छ।

747 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट