Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

पत्रकार सम्मान

पत्रकार सुवास बस्नेत सम्मानित

जनचेतना सहकारीद्वारा ‘पत्रकार सम्मान–२०८३’ प्रदान

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २२ असोज २०८३, बिहिवार
पत्रकार सुवास बस्नेत सम्मानित

News Summary


दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान-२०८३’ बाट सम्मानित भएका छन्।

बैतेश्वर-५ मैनापोखरीस्थित जनचेतना बचत तथा ऋण सहकारीले ३४औँ स्थापना दिवस तथा ३३औँ वार्षिक साधारणसभाका अवसरमा उनलाई सम्मान गरेको हो।

सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाहमार्फत समाजमा पुर्‍याएको योगदानको कदर गर्दै नगदसहित सम्मानपत्र प्रदान गरिएको हो।

बस्नेत रेडियो बैतेश्वरका स्टेसन म्यानेजर तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध छन्।

दोलखा । दोलखाका पत्रकार सुवास बस्नेत सम्मानित भएका छन्।

बैतेश्वर गाउँपालिका-५, मैनापोखरीस्थित जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ३४औँ स्थापना दिवस तथा ३३औँ वार्षिक साधारणसभाको अवसरमा पत्रकारिता क्षेत्रबाट समाजमा सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गर्दै योगदान पुर्‍याएको भन्दै बस्नेतलाई सम्मान गरेको हो।

सहकारीले बस्नेतलाई ‘पत्रकार सम्मान-२०८३’ प्रदान गर्दै नगदसहित सम्मानपत्र प्रदान गरेको छ।

बस्नेत रेडियो बैतेश्वर, मैनापोखरीका स्टेसन म्यानेजरका रूपमा कार्यरत छन्। उनी आर्थिक दैनिकलगायत विभिन्न अनलाइन सञ्चारमाध्यममा समेत आबद्ध छन्।

बस्नेतले दोलखाका स्थानीय गतिविधि, सामाजिक विषय तथा विकास निर्माणसँग सम्बन्धित विषयमा निरन्तर समाचार तथा सूचना सम्प्रेषण गर्दै आएका छन्।

सहकारीको स्थापना दिवस तथा वार्षिक साधारणसभाका अवसरमा गरिएको सम्मानले स्थानीय पत्रकारिता क्षेत्रमा सक्रिय व्यक्तिहरूको योगदानलाई प्रोत्साहन पुग्ने विश्वास गरिएको छ।

724 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट