फेरी बढ्यो सुनचाँदीको मूल्य
234
Sharesआज सुनको मूल्यमा ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थानीय बजारमा सुनको मूल्य बढेको छ।
आज बजारमा सुन प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा सीमित थियो। एकै दिनमा सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको महासंघले जनाएको छ।
सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ। गत कारोबार दिन प्रतितोला ४ हजार ७५० रुपैयाँमा कारोबार भएको चाँदी आज १०५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। अन्तराष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा बहुमूल्य धातुको मूल्य बढ्दै गएको छ।
234 Shares