सुनचाँदीको मूल्य घट्यो, हेर्नुहोस् आजको कारोबार मूल्य
244
Sharesकाठमाडौँ । नेपाली बजारमा मंगलवार सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार सुन ३ लाख १ हजार रुपैयाँमा कायमा भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला २० रुपैयाँले घटेर आज चाँदी ४ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । सोमवार चाँदी ४ हजार ६२० रुपैयाँमा कायम भएको थियो ।
244 Shares