Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

सामाजिक उत्तरदायित्व

भक्तपुरको जुरिच किन्डरगार्टेनद्वारा चरिकोटस्थित स्नेह केन्द्रलाई आर्थिक तथा लत्ताकपडा सहयोग

स्नेह केन्द्रलाई जुरिच किन्डरगार्टेनको सहयोग

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २ वैशाख २०८३, बुधवार
भक्तपुरको जुरिच किन्डरगार्टेनद्वारा चरिकोटस्थित स्नेह केन्द्रलाई आर्थिक तथा लत्ताकपडा सहयोग

News Summary


  • भक्तपुरको जुरिच किन्डरगार्टेन स्कूलले दोलखाको स्नेह केन्द्रलाई नयाँ वर्षको अवसरमा लत्ताकपडा र १० हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ।
  • आवाज नेपालद्वारा सञ्चालित उक्त स्नेह केन्द्रले हिंसा पीडित महिला तथा बालबालिकाहरूलाई आश्रय दिँदै आएको छ।

दोलखा । भक्तपुरको सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित जुरिच किन्डरगार्टेन स्कूलले दोलखाको चरिकोटमा सञ्चालित स्नेह केन्द्रलाई सहयोग गरेको छ। आवाज नेपालद्वारा सञ्चालित उक्त केन्द्रलाई विद्यालयले नयाँ वर्षको अवसरमा लत्ताकपडा र नगद सहयोग प्रदान गरेको हो।

​शनिबार केन्द्रमै पुगेर विद्यालयका संस्थापक अमृत राउतले १० हजार रुपैयाँ नगद र अभिभावकहरूबाट संकलित लत्ताकपडा केन्द्रकी अध्यक्ष सिर्जना कार्कीलाई हस्तान्तरण गर्नुभयो। नगद सहयोग अन्तर्गत विद्यालयकी प्रिन्सिपल बिजिता केसीले ५ हजार र गौरीशङ्कर बहुमुखी क्याम्पस पूर्व विद्यार्थी समाजका अध्यक्ष राम बहादुर श्रेष्ठले ५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको थियो। स्नेह केन्द्रले हिंसा पीडित महिला तथा बालबालिकाहरूलाई आश्रय दिँदै आएको छ।

542 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट