Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

अमृत राउत– अध्यक्ष, गौरीशङ्कर बहुमुखी क्याम्पस

गौरीशङ्कर बहुमुखी क्याम्पसको अध्यक्षमा अमृत राउत निर्विरोध निर्वाचित

गौरीशङ्कर बहुमुखी क्याम्पसको अध्यक्षमा अमृत राउत निर्विरोध निर्वाचित : ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २ वैशाख २०८३, बुधवार
गौरीशङ्कर बहुमुखी क्याम्पसको अध्यक्षमा अमृत राउत निर्विरोध निर्वाचित

News Summary


  • अमृत राउतको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ।
  • ​नयाँ टोलीले क्याम्पसको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा केन्द्रित हुने विश्वास लिइएको छ।

चरीकोट (दोलखा) । दोलखाको प्रसिद्ध शैक्षिक संस्था गौरीशङ्कर बहुमुखी क्याम्पसको सञ्चालक समितिमा नयाँ नेतृत्व चयन भएको छ । क्याम्पसको तेस्रो साधारण सभाले अमृत राउतको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको हो ।

​समितिको सदस्यहरूमा रमेश खतिवडा, रामजी प्रसाद चौलागाईं, संगिता पाख्रिन र शक्ति पाठक रहेका छन् । त्यस्तै सुरज बस्नेत`अबिरल´ , गोपाल न्यौपाने, गोकर्ण प्रसाद पोखरेल, राधा मास्के, रोचना उप्रेती र सन्तोष रिमाल पनि सदस्यमा चयन भएका छन् ।

​दोलखा जिल्लाको उच्च शिक्षा विकासमा दशकौँदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको यस क्याम्पसमा नयाँ नेतृत्व आएसँगै शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासले थप गति लिने विश्वास गरिएको छ । नवनिर्वाचित अध्यक्ष राउतले क्याम्पसलाई थप उचाइमा पुर्‍याउन सबै पक्षसँग समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

429 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट