Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

सफलताको शिखरमा मोर्डन नेपाल: ४ वर्षमा २८ स्वर्ण

चार वर्षमै दोलखामा मोर्डन नेपाल स्कुलको 'दबदबा': २८ भन्दा बढी प्रतियोगितामा प्रथम

शैक्षिक र अतिरिक्त क्रियाकलापमा २८ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा, राष्ट्रिय स्तरमा पनि बलियो उपस्थिति

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ५ वैशाख २०८३, शनिवार
चार वर्षमै दोलखामा मोर्डन नेपाल स्कुलको 'दबदबा': २८ भन्दा बढी प्रतियोगितामा प्रथम

News Summary


 

  • दोलखाको मोर्डन नेपाल स्कुलले शैक्षिक र अतिरिक्त क्रियाकलापमा निरन्तर सफलता हासिल गर्दै जिल्ला तथा राष्ट्रिय स्तरका २८ भन्दा बढी प्रतियोगितामा प्रथम स्थान प्राप्त गरी सर्वाधिक पदक जित्ने विद्यालय बनेको छ।
  • विद्यालयले राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरी राष्ट्रिय पहिचान बनाएको छ, र चालू शैक्षिक सत्रमा पनि विभिन्न जिल्लास्तरीय प्रतियोगितामा जितको यात्रालाई निरन्तरता दिएको छ।
  • विद्यार्थीको चौतर्फी विकासमा जोड दिँदै, यो सफलता विद्यार्थी, शिक्षक र अभिभावकको सामूहिक प्रयासको परिणाम भएको विद्यालय प्रशासनले जनाएको छ।

दोलखा । शैक्षिक र अतिरिक्त क्रियाकलापमा निरन्तरको सफलतासँगै दोलखाको मोर्डन नेपाल स्कुल जिल्लाकै एक प्रभावशाली शैक्षिक संस्थाका रूपमा उदाएको छ। शैक्षिक सत्र २०७९/०८० देखि हालसम्मको छोटो अवधिमै विद्यालयले विभिन्न विधाका प्रतियोगिताहरूमा आफ्नो बलियो वर्चस्व स्थापित गरेको हो।

​चार वर्षको अन्तरालमा विद्यालयले जिल्ला तथा राष्ट्रिय स्तरका २८ भन्दा बढी प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ। यस्तै, १० विधामा द्वितीय र ११ भन्दा बढी विधामा तृतीय स्थान प्राप्त गर्दै जिल्लामा सबैभन्दा बढी पदक जित्ने विद्यालयको सूचीमा आफूलाई अग्रपंक्तिमा उभ्याएको छ।

​विद्यालयको सबैभन्दा ठूलो सफलतामध्ये २०८१ सालमा आयोजित राष्ट्रिय वक्तृत्वकला प्रतियोगितालाई लिइएको छ। उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै विद्यालयले ५० हजार रुपैयाँ नगद पुरस्कारसहित राष्ट्रिय पहिचान बनाएको थियो।

​चालू शैक्षिक सत्रमा पनि मोर्डन नेपालले आफ्नो जितको यात्रालाई निरन्तरता दिएको छ। विद्यालयले यस वर्ष जिल्ला तथा नगरपालिका स्तरको विज्ञान प्रदर्शनी, वक्तृत्वकला र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हात पारिसकेको छ। खेलकुद तर्फ फुटबल र भलिबलमा पनि विद्यालयको प्रदर्शन उत्कृष्ट रहेको छ।

​विद्यालयले केवल पढाइमा मात्र नभई विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको छ। विगतका वर्षहरूमा नृत्य, कविता लेखन र हस्तलेखनमा निरन्तर उपलब्धि हासिल गरेको यस स्कुलले मार्चपास, फुटसल, दौड, भलिबल, विज्ञान प्रदर्शनी र हाजिरी जवाफमा समेत उत्कृष्ट नतिजा हासिल गरेको छ।

​विद्यालय प्रशासनका अनुसार यो सफलता कुनै एउटा पक्षको प्रयासले मात्र सम्भव भएको होइन। "विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको पूर्ण समर्पण र अभिभावकहरूको अटुट विश्वास एवं सहयोगका कारण हामीले यो उचाइ प्राप्त गरेका हौँ," प्रशासनले बताएको छ।

​आगामी दिनमा शैक्षिक गुणस्तरलाई अझै परिष्कृत गर्दै र अतिरिक्त क्रियाकलापमा नयाँ आयाम थप्दै जिल्लाकै नमुना विद्यालयको रूपमा अघि बढ्ने प्रतिबद्धता विद्यालयले व्यक्त गरेको छ।

734 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट