गौरीशंकर गाउँपालिका स्तरीय हाजिरीजबाफमा वडा नं. ९ प्रथम
सेवा प्रवाह सम्बन्धी ज्ञानमा आधारित प्रतियोगितामा वडा नं. ९ प्रथम
398
SharesNews Summary
- दोलखाको गौरीशंकर गाउँपालिकाले आयोजना गरेको वडास्तरीय हाजिरीजबाफ प्रतियोगितामा वडा नं. ९ प्रथम भयो, जबकि वडा नं. ५ र ७ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।
- गाउँपालिका र वडाबाट प्रवाह हुने सेवाहरूमा केन्द्रित यस प्रतियोगिताले जनप्रतिनिधि र कर्मचारीबीच ज्ञान आदानप्रदान गरी सेवाको गुणस्तर सुधार्न मद्दत पुग्ने विश्वास गरिएको छ।
दोलखा । गौरीशंकर गाउँपालिकाले आयोजना गरेको वडा स्तरीय हाजिरीजबाफ प्रतियोगितामा वडा नं. ९ प्रथम भएको छ । गाउँपालिका र वडाबाट प्रवाह हुने सेवाका विषयमा केन्द्रित प्रतियोगिता शनिबार पालिकाको सभाहलमा सम्पन्न भएको हो ।
विभिन्न वडाहरूबीच भएको कडा प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै वडा नं. ९ ले १० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रथम स्थान हासिल गरेको छ । यस्तै, वडा नं. ५ ले ५ हजार रुपैयाँ प्राप्त गर्दै द्वितीय स्थान हासिल गर्दा वडा नं. ७ ले २ हजार ५ सय रुपैयाँसहित तृतीय स्थान प्राप्त गरेको छ ।
प्रतियोगितामा गाउँपालिका उपाध्यक्ष उमालुङ्गेली मगर शेर्पा, प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी लगायत जनप्रतिनिधि र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
प्रतियोगिताले सेवा प्रवाहका विषयमा जनप्रतिनिधि र कर्मचारीबीच ज्ञान आदानप्रदान गर्न तथा सेवाको गुणस्तर सुधार्न मद्दत पुग्ने विश्वास प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले व्यक्त गरे । यस्ता रचनात्मक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने पालिकाको योजना रहेको उनले जानकारी दिए ।
398 Shares