संघर्षदेखि सफलतासम्म : एपेक्स स्कुलमा डा. बिनोद दंगालको प्रेरणादायी अनुभव
Apex Voices कार्यक्रममा विद्यार्थीलाई मेहनत, आत्मविश्वास र सकारात्मक सोचको सन्देश
483
SharesNews Summary
- डा. बिनोद दंगालले दोलखाको एपेक्स स्कुलको Apex Voices कार्यक्रममा संघर्ष र सफलताका अनुभव साझा गरे।
- उनले विद्यार्थीहरूलाई मेहनत, आत्मविश्वास र सकारात्मक सोचका साथ चुनौती सामना गर्न प्रेरित गरे।
- यो कार्यक्रम विद्यार्थीमा आत्मविश्वास, प्रेरणा र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको थियो।
दोलखा । दोलखाको एपेक्स स्कुलले आयोजना गरेको Apex Voices कार्यक्रममा डा . बिनोद दंगालले आफ्ना संघर्ष र सफलताका अनुभव विद्यार्थीहरूसँग साझा गर्दै मेहनत, आत्मविश्वास र सकारात्मक सोचको सन्देश दिएका छन्।
कार्यक्रममा बोल्दै डा. दंगालले जीवनमा आउने चुनौतीसँग नडराई निरन्तर प्रयास गर्नुपर्ने बताए। उनले कठिन परिस्थिति पार गर्दै लक्ष्यप्रति दृढ रहन सके सफलता हासिल गर्न सकिने अनुभव विद्यार्थीमाझ सुनाएका थिए।
उनले असफलताबाट निराश नहुन, सकारात्मक सोच राख्न र सपनालाई पूरा गर्न निरन्तर मेहनत गर्न विद्यार्थीहरूलाई प्रेरित गरे। कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि उत्साहका साथ अन्तरक्रिया गर्दै आफ्ना जिज्ञासा राखेका थिए।
विद्यालयका अनुसार Apex Voices कार्यक्रम विद्यार्थीमा आत्मविश्वास, प्रेरणा र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले सुरु गरिएको हो। विद्यालयले डा. बिनोद दंगालप्रति धन्यवाद व्यक्त गर्दै उहाँको अनुभवले विद्यार्थीहरूमा नयाँ ऊर्जा र उत्साह थपिएको जनाएको छ।
483 Shares