Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

शिक्षा / विद्यालय गतिविधि

विद्यालय र अभिभावक एउटै प्रतिबद्धतामा, त्रिभुवन माविले गर्‍यो सम्झौता कार्यक्रम

विद्यार्थीको पढाइ, अनुशासन र व्यवहार सुधारका लागि अभिभावकको सक्रिय भूमिकामा जोड

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २६ वैशाख २०८३, शनिवार
विद्यालय र अभिभावक एउटै प्रतिबद्धतामा, त्रिभुवन माविले गर्‍यो सम्झौता कार्यक्रम

News Summary


  • त्रिभुवन माध्यमिक विद्यालयले कक्षा ६, ७ र ९ का विद्यार्थीको पढाइ र अनुशासन सुधार गर्न अभिभावकहरूसँग प्रतिबद्धता कार्यक्रम सम्पन्न गर्‍यो।
  • विद्यालय र अभिभावक दुवैले विद्यार्थीको शैक्षिक, नैतिक, सामाजिक तथा व्यवहारिक विकासका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

दोलखा । त्रिभुवन माध्यमिक विद्यालयले कक्षा ६, ७ र ९ का अभिभावकसँग विद्यालय र अभिभावकबीचको प्रतिबद्धता तथा सम्झौता कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा विद्यार्थीहरूको पढाइ, अनुशासन, सरसफाइ, गृहकार्य र विद्यालय उपस्थितिलाई प्रभावकारी बनाउन विद्यालय र अभिभावक मिलेर काम गर्ने विषयमा छलफल गरिएको थियो।

विद्यालयले बालबालिकाको शैक्षिक, नैतिक, सामाजिक तथा व्यवहारिक विकासका लागि अभिभावकको साथ र सहकार्य आवश्यक रहेको बताएको छ। कार्यक्रममा सहभागी अभिभावकहरूले पनि आफ्ना बालबालिकाको नियमित अध्ययन र अनुशासनमा ध्यान दिने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा सहजीकरण गर्ने आरती उप्रेती र सुबराज भण्डारी लाई विद्यालयले धन्यवाद दिएको छ।

विद्यालयका प्रधानाध्यापक सन्तोष श्रेष्ठले अभिभावकबाट प्राप्त सुझाव, सहयोग र सकारात्मक साथले विद्यालयको शैक्षिक गुणस्तर सुधारमा थप मद्दत पुग्ने विश्वास व्यक्त गरे।

621 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट