Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

दोलखाको सान: एसईईमा अर्पिता र सकिलले ल्याए ४ जीपीए

एसईईमा दोलखाको 'शान': भीमेश्वर र गौरीशंकरका दुई विद्यार्थीले रचे इतिहास

सरकारी विद्यालयको गर्विलो सफलता: भीमेश्वरकी अर्पिता र गौरीशंकरका सकिल बने जिल्लाकै सर्वोत्कृष्ट

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३० वैशाख २०८३, बुधवार
एसईईमा दोलखाको 'शान': भीमेश्वर र गौरीशंकरका दुई विद्यार्थीले रचे इतिहास

News Summary


  • यस वर्षको एसईईमा दोलखाका दुई सामुदायिक विद्यालयका विद्यार्थी अर्पिता खड्का र सकिल कार्कीले ४ जीपीए (पूर्ण जीपीए) हासिल गरे।
  • निजी विद्यालयको तुलनामा सरकारी विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएर जिल्लाको शैक्षिक क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको छ।

दोलखा । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दोलखाका दुई जना विद्यार्थीले ४ जीपीए (पूर्ण जीपीए) ल्याएर जिल्लाकै नाम चम्काएका छन्। भीमेश्वर नगरपालिका र गौरीशंकर गाउँपालिकाका दुई सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीले यो ऐतिहासिक सफलता पाएका हुन्।

​जिल्लाभरमै 'पर्फेक्ट' ४ जीपीए ल्याउनेमा भीमेश्वर नगरपालिकाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी छात्रा अर्पिता खड्का र गौरीशंकर गाउँपालिकाको निलकण्ठेश्वर माध्यमिक विद्यालयका छात्र सकिल कार्की रहेका छन्।

​पछिल्लो समय निजी विद्यालयको नतिजा राम्रो हुने चर्चा चलिरहँदा दोलखामा भने सरकारी विद्यालयका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएर सबैलाई अचम्ममा पारेका छन्। जिल्लाका सयौँ विद्यार्थी माझ यी दुई जनाले मात्र ४ जीपीए ल्याउन सफल भएका हुन्।

​गाउँका सरकारी विद्यालयमा पढेर पनि मिहिनेत गरेमा देशकै उत्कृष्ट नतिजा ल्याउन सकिन्छ भन्ने उदाहरण अर्पिता र सकिलले देखाएका छन्।

​यसअघि पनि दोलखाका विभिन्न विद्यालयले उत्कृष्ट नतिजा ल्याउँदै आएका थिए, तर यसपटक सामुदायिक विद्यालयका दुई विद्यार्थीले मात्र ४ जीपीए भेट्नुलाई जिल्लाको शैक्षिक क्षेत्रमा ठूलो उपलब्धिको रूपमा हेरिएको छ।

470 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट