Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

एसईई २०८२: संस्थागततर्फ मोडर्न नेपाल र जिरी जेम्स जिल्लाकै उत्कृष्ट

एसईई २०८२: संस्थागत विद्यालयतर्फ मोडर्न नेपाल र जिरी जेम्स जिल्लाकै उत्कृष्ट

मोडर्न नेपाल र जिरी जेम्स ३.९५ जीपीएका साथ जिल्लाकै प्रथम, राइजिङ स्टार दोस्रो र अल्पाइन तेस्रो

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३० वैशाख २०८३, बुधवार
एसईई २०८२: संस्थागत विद्यालयतर्फ मोडर्न नेपाल र जिरी जेम्स जिल्लाकै उत्कृष्ट

News Summary


  • दोलखाका संस्थागत विद्यालयहरूले एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याए; मोडर्न नेपाल र जिरी जेम्स बोर्डिङ स्कुलले ३.९५ जीपीएका साथ संयुक्त रूपमा पहिलो स्थान हासिल गरे।
  • समग्रमा मोडर्न नेपाल बोर्डिङ स्कुल जिल्लाकै उत्कृष्ट बन्यो भने दुई विद्यार्थीले (अर्पिता खड्का र सकिल कार्की) ४ जीपीए प्राप्त गरे।
  • विद्यालयहरूले शतप्रतिशत नतिजा निकाल्दै यो सफलता विद्यार्थी, शिक्षक र अभिभावकको अथक मेहनत र सहकार्यको परिणाम भएको बताएका छन्।

दोलखा । यस वर्षको एसईई परीक्षा २०८२ मा दोलखाका संस्थागत विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याएका छन्। निजी विद्यालयतर्फ मोडर्न नेपाल बोर्डिङ स्कुल चरिकोट र जिरी जेम्स बोर्डिङ स्कुलले ३.९५ जीपीए प्राप्त गर्दै संयुक्त रूपमा जिल्लाभरिमै पहिलो स्थान हासिल गरेका हुन्।

​नतिजा अनुसार राइजिङ स्टार बोर्डिङ स्कुलले ३.९१ जीपीएका साथ दोस्रो र अल्पाइन बोर्डिङ स्कुलले ३.८९ जीपीए ल्याएर तेस्रो स्थान सुरक्षित गरेका छन्। समग्र ग्रेड र प्रतिशतका आधारमा भने मोडर्न नेपाल बोर्डिङ स्कुल चरिकोट जिल्लाकै उत्कृष्ट विद्यालय बन्न सफल भएको छ। यस्तै, जिल्लाभरबाट ४ जीपीए ल्याउने दुई विद्यार्थीहरूमा भीमेश्वर नगरपालिकाको पशुपति कन्या मन्दिरकी अर्पिता खड्का र गौरीशंकर गाउँपालिकाको निलकण्ठेश्वर माविका सकिल कार्की रहेका छन्।

​उत्कृष्ट नतिजा ल्याउने यी संस्थागत विद्यालयहरूले यस वर्ष शतप्रतिशत नतिजा निकाल्न सफल भएको जनाएका छन्। विद्यार्थी, शिक्षक र अभिभावकको अथक मेहनत र आपसी सहकार्यले नै यो सफलता प्राप्त भएको विद्यालय प्रशासनले बताएको छ। 

1165 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट