Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

स्वास्थ्य समाचार

बैतेश्वरमा महिला स्वास्थ्य स्वयंसेविकाको ४ दिने तालिम सम्पन्न

२६ जना महिला स्वास्थ्य स्वयंसेविकाले लिए पुनर्ताजगी तालिम

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १६ जेठ २०८३, शनिवार
बैतेश्वरमा महिला स्वास्थ्य स्वयंसेविकाको ४ दिने तालिम सम्पन्न

News Summary


  • दोलखाको बैतेश्वर गाउँपालिकामा २६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि ४ दिने पुनर्ताजगी तालिम सम्पन्न भयो।
  • जनस्वास्थ्य कार्यालय दोलखा र गाउँपालिकाको सहकार्यमा सञ्चालित यस तालिमले स्वयंसेविकाहरूको ज्ञान र सीप अभिवृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको छ।

दोलखा । बैतेश्वर गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि ४ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ।

जनस्वास्थ्य कार्यालय दोलखाको आयोजना तथा बैतेश्वर गाउँपालिका स्वास्थ्य शाखाको सहकार्यमा सञ्चालन भएको तालिम जेठ १२ गतेदेखि १५ गतेसम्म चलेको थियो। तालिममा गाउँपालिकाका विभिन्न वडाका २६ जना महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो।

समापन कार्यक्रममा वडा नम्बर २ का अध्यक्ष श्यामकुमार तामाङको अध्यक्षता रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढामगर, जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठ, जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरे, स्वास्थ्य शाखा प्रमुख बमबहादुर तामाङ र उपप्रमुख अमित यादव लगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविकाहरू गाउँ-समाजको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेलिरहेको बताए। उनले यस्ता तालिमले स्वयंसेविकाको ज्ञान र सीप बढाउन मद्दत पुग्ने बताए।

तालिम सञ्चालनमा सहयोग गर्ने प्रशिक्षक सम्झना रिमाल र सन्दीपकुमार चौधरीलाई धन्यवाद दिइएको थियो। साथै, तालिमका लागि हल उपलब्ध गराएको जनज्योति माध्यमिक विद्यालयलाई पनि आभार व्यक्त गरिएको थियो।

937 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट