Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

सफल हर्निया सर्जरी

प्रदेश अस्पताल कुश्मामा दुई वृद्धको हर्नियाको सफल शल्यक्रिया

दुई वृद्ध बिरामीको सफल शल्यक्रियापछि डिस्चार्ज

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ३० भदौ २०८३, मङ्गलवार
प्रदेश अस्पताल कुश्मामा दुई वृद्धको हर्नियाको सफल शल्यक्रिया

News Summary


प्रदेश अस्पताल कुश्मामा ७२ र ७३ वर्षीय दुई बिरामीको हर्नियाको सफल शल्यक्रिया गरिएको छ।

कुश्मा–३ का कुलप्रसाद उपाध्यायको भदौ २४ गते र फलेबासका यम भुसालको भदौ १७ गते शल्यक्रिया गरिएको हो।

शल्यक्रियापछि दुवै बिरामीको स्वास्थ्य अवस्था स्थिर रहेको र उनीहरूलाई सफलतापूर्वक डिस्चार्ज गरिएको छ।

दुवै बिरामीले अस्पतालबाट प्राप्त उपचार तथा स्वास्थ्यकर्मीको सेवाप्रति खुसी र सन्तुष्टि व्यक्त गरेका छन्।

पर्वत । प्रदेश अस्पताल कुश्मामा ७२ र ७३ वर्षीय दुई बिरामीको हर्नियाको सफल शल्यक्रिया गरिएको छ।

कुश्मा नगरपालिका–३, पर्वतका ७२ वर्षीय कुलप्रसाद उपाध्यायको दायाँतर्फको Incomplete Indirect Inguinal Hernia को भदौ २४ गते शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि उहाँलाई भदौ २७ गते अस्पतालबाट डिस्चार्ज गरिएको हो।

त्यस्तै, फलेबास, पर्वतका ७३ वर्षीय यम भुसालको दायाँतर्फको Complete Inguinal Hernia को शल्यक्रिया गरिएको छ। करिब तीन वर्षदेखि हर्नियाको समस्या झेल्दै आएका भुसालको भदौ १७ गते शल्यक्रिया गरिएको थियो भने भदौ २० गते डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।

दुवै बिरामीको शल्यक्रिया MDGP तथा Emergency Physician डा. राजेश केसीको नेतृत्वमा गरिएको हो। शल्यक्रियामा Anesthesiologist डा. बालकृष्ण श्रेष्ठ र Scrub Nurse सुनिता सहभागी थिए।

अस्पतालका अनुसार शल्यक्रियापछि दुवै बिरामीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। डिस्चार्ज हुने क्रममा दुवै बिरामीले उपचार तथा स्वास्थ्यकर्मीबाट प्राप्त सेवाप्रति खुसी र सन्तुष्टि व्यक्त गरेका छन्।

274 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट