दोलखामा जनस्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा
स्वास्थ्य कार्यक्रमको प्रगति, समस्या र आगामी कार्यदिशामाथि समीक्षा
410
SharesNews Summary
जनस्वास्थ्य कार्यालय दोलखाले आर्थिक वर्ष २०८२/८३ का स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समीक्षा गरेको छ।
सोमबार र मंगलबार होटल किङ्सको हलमा दुईदिने समीक्षा कार्यक्रम सञ्चालन भएको थियो।
कार्यक्रममा स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीबारे छलफल गरिएको थियो।
रामेछाप र सिन्धुपाल्चोकका जनस्वास्थ्य कार्यालय प्रमुख तथा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख सहभागी थिए।
दोलखा । जनस्वास्थ्य कार्यालय दोलखाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेका स्वास्थ्य कार्यक्रमको जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
सोमबारदेखि मंगलबारसम्म दुई दिन होटल किङ्सको हलमा सञ्चालन भएको कार्यक्रममा गत आर्थिक वर्षमा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा चुनौतीबारे समीक्षा गरिएको थियो।
कार्यक्रममा आगामी दिनमा स्वास्थ्य सेवा थप प्रभावकारी बनाउने, सेवा प्रवाहमा देखिएका समस्या समाधान गर्ने तथा स्थानीय तहबीच समन्वय बढाउने विषयमा छलफल भएको थियो।
जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय प्रमुख बर्जुराम घतानी प्रमुख अतिथि थिए।
कार्यक्रममा रामेछाप र सिन्धुपाल्चोकका जनस्वास्थ्य कार्यालयका प्रमुख तथा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुखहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या, अनुभव तथा आगामी दिनमा अपनाउन सकिने प्रभावकारी कार्यशैलीबारे छलफल गरेका थिए।
410 Shares