Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

निःशुल्क औषधि खोज्दा भेटिँदैन

आर्थिक वर्षको अन्त्यमा औषधि किनेर झाडीमा फाल्ने गरिएको छ : घतानी

औषधि खरिद र व्यवस्थापनमा घतानीको प्रश्न

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १९ असोज २०८३, सोमवार
आर्थिक वर्षको अन्त्यमा औषधि किनेर झाडीमा फाल्ने गरिएको छ : घतानी

News Summary


जिल्ला समन्वय प्रमुख बजुराम घतानीले आर्थिक वर्षको अन्त्यमा औषधि खरिद गरेर झाडीमा फाल्ने गरिएको बताएका छन्।

यस्तो अवस्थाको फोटो आफूसँग रहेको उनले बताएका छन्।

राज्यले ९०/९२ प्रकारका औषधि निःशुल्क दिने भने पनि आवश्यक पर्दा औषधि भेटाउन समस्या हुने उनको भनाइ छ।

जनस्वास्थ्य कार्यालय दोलखाको आ.व. २०८२/८३ को जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रम समीक्षा कार्यक्रममा उनले यस्तो बताएका हुन्।

दोलखा । जिल्ला समन्वय प्रमुख बर्जुराम घतानीले आर्थिक वर्षको अन्तिम समयमा औषधि खरिद गरेर झाडीमा फाल्ने गरिएको बताएका छन्।

जनस्वास्थ्य कार्यालय दोलखाले आ.व. २०८२/८३ मा सम्पादन गरेका स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षा कार्यक्रममा बोल्दै घतानीले यस्तो बताएका हुन्।

‘आर्थिक वर्षको अन्तिम अवस्थामा औषधि किनेर ल्याउने अनि नदेख्ने ठाउँमा, झाडीमा लगेर फाल्ने गरेको छ,’ उनले भने, ‘मसँग त्यसको फोटो पनि छ।’

राज्यले ९०/९२ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि आवश्यक पर्दा औषधि नपाइने अवस्था रहेको उनले बताए।

‘९०/९२ प्रकारका औषधि राज्यले निःशुल्क दिने भनेको छ। तर आज औषधि खोज्यो भने हामी भेट्दैनौँ,’ घतानीले भने।

कार्यक्रममा आ.व. २०८२/८३ मा जिल्लामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमको प्रगति, उपलब्धि, समस्या तथा आगामी योजनाबारे समीक्षा गरिएको थियो।

152 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट