Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

शिक्षकहरुको सरुवा र पदपूर्तिमा कडाइ, बढुवा नतिजा नआएसम्म सरुवा सहमति नदिन आग्रह

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १ असार २०८३, सोमवार
शिक्षकहरुको सरुवा र पदपूर्तिमा कडाइ, बढुवा नतिजा नआएसम्म सरुवा सहमति नदिन आग्रह

काठमाडौँ । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षक व्यवस्थापन समन्वय महाशाखा, भक्तपुरले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन जारी गरेको छ।

महाशाखाले सोमबार देशभरका स्थानीय तहहरूलाई पत्राचार गर्दै स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएका पदहरूमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरेर पदपूर्ति नगर्न निर्देशन दिएको हो।

त्यस्तै, खुद पुल दरबन्दी रहेका स्थानीय तहका हकमा उक्त दरबन्दी अन्तर्गतका शिक्षकहरूलाई मात्रै सरुवा गर्नुपर्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ।

यसैगरी, ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन दिएका सम्भावित उम्मेदवारहरूको हकमा बढुवाको अन्तिम नतिजा प्रकाशित नभएसम्म सरुवा सहमति नदिन पनि स्थानीय तहहरूलाई निर्देशन दिइएको छ।

627 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट