सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि
145
SharesNews Summary
- आज सुनको मूल्य प्रतितोला रु ३०० बढेको छ。
- चाँदीको मूल्य प्रतितोला रु २५ ले वृद्धि भएको छ。
काठमाडौँ । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु ३०० र चाँदीको मूल्य प्रतितोला रु २५ ले बढेको हो।
महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार आज छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार ३०० मा कारोबार भइरहेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ५०५ निर्धारण गरिएको छ।
यसअघि बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार र चाँदी प्रतितोला रु ४ हजार ४८० मा कारोबार भएको थियो।
145 Shares