Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

स्थानीय आर्थिक गतिविधिमा जोखिम, उद्योग–व्यवसाय बन्दको चेतावनी

दोलखामा कर कार्यालय स्थानान्तरण विरोध, व्यवसायीहरू आन्दोलित हुने चेतावनी

व्यवसायीहरूले प्रशासनको निर्णयलाई गैरआवश्यक र जनविरोधी भन्दै तत्काल फिर्ता गर्न माग

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ११ पुष २०८२, शुक्रवार
दोलखामा कर कार्यालय स्थानान्तरण विरोध, व्यवसायीहरू आन्दोलित हुने चेतावनी

News Summary


  • दोलखाका व्यवसायी तथा उद्योगीहरूले करदाता सेवा कार्यालय जिल्ला बाहिर सार्ने तयारीको विरोध गरेका छन्।
  • उनीहरूका अनुसार यस निर्णयले स्थानीय व्यवसाय र आर्थिक गतिविधिमा नकारात्मक असर पार्नेछ, साथै कर संकलनमा पनि समस्या आउनेछ।
  • व्यवसायीहरूले कार्यालय दोलखामै कायम राख्न माग गर्दै, निर्णय फिर्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

दोलखा । जिल्लाका व्यवसायी र उद्योगीहरूले करदाता सेवा कार्यालय दोलखा बाहिर सार्ने तयारीको विरोध गरेका छन्। उनीहरूले यस्तो निर्णयले स्थानीय व्यवसाय र आर्थिक गतिविधिमा नकारात्मक असर पर्ने चेतावनी दिएका छन्।

व्यवसायीहरूले भने, “कर कार्यालय बाहिरियो भने सेवा ठप्प हुनेछ, कर संकलनमा समस्या आउँछ र व्यवसाय गर्न कठिनाइ हुनेछ।” उनीहरूले दोलखामा वार्षिक ५० करोडभन्दा बढी कर संकलन हुने बताउँदै, कार्यालय सार्नु गैरआवश्यक र जनविरोधी निर्णय भएको आरोप लगाएका छन्।

संबद्ध संघ–संस्थाहरूले कार्यालय दोलखामै रहनुपर्नेमा जोड दिएका छन्। प्रशासनले निर्णय फिर्ता नगरे व्यवसायीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

 

610 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट