Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

सहकारी विशेष

जिल्ला सहकारी संघ दोलखाद्वारा भीमेश्वर बहुउद्देश्यीय सहकारी सम्मानित

सहकारी क्षेत्रमार्फत उद्यमशीलता र सदस्य सशक्तीकरणमा योगदानको कदर

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १९ पुष २०८२, शनिवार
जिल्ला सहकारी संघ दोलखाद्वारा भीमेश्वर बहुउद्देश्यीय सहकारी सम्मानित

News Summary


  • दोलखा जिल्ला सहकारी संघले भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थालाई यस वर्षको 'असल व्यवसायी/उद्यमी' सम्मान गरेको छ।
  • संस्थाले उद्यमशीलता प्रवर्द्धन, वित्तीय अनुशासन र सदस्यहरूको आर्थिक सशक्तीकरणमा पुर्‍याएको योगदानका लागि यो सम्मान दिइएको हो।
  • भीमेश्वर सहकारीले आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाएको छ।

दोलखा । जिल्ला सहकारी संघ लि. चरिकोट, दोलखाको २०औँ वार्षिक साधारण सभाले भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थालाई यस वर्षको असल व्यवसायी/उद्यमी को रूपमा छनोट गरी सम्मान गरेको छ।

सहकारी क्षेत्रमार्फत उद्यमशीलता प्रवर्द्धन, वित्तीय अनुशासन कायम गर्न तथा सदस्यहरूको आर्थिक सशक्तीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै संघले उक्त संस्थालाई सम्मान गरेको हो।

सम्मानप्रति भीमेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले जिल्ला सहकारी संघ लि. दोलखाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा र जिम्मेवारीका साथ सहकारी अभियानमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएको छ।

708 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट