Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

जिरी नगरपालिकाद्वारा जिल्ला प्रथम सहिद स्मृति माविलाई १७ औँ नगरसभामा विशेष सम्मान

एसईई २०८१ मा दोलखा प्रथम सहिद स्मृति आवासीय मावि नगरसभामा सम्मानित

सफलताको श्रेय विद्यार्थी र शिक्षकलाई: नगर प्रमुखद्वारा सहिद स्मृति आवासीय माविको प्रशंसा

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २८ पुष २०८२, सोमवार
एसईई २०८१ मा दोलखा प्रथम सहिद स्मृति आवासीय मावि नगरसभामा सम्मानित

News Summary


  • शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा ३.९५ GPA सहित दोलखा जिल्ला प्रथम हुन सफल शहीद स्मृति आवासीय माध्यमिक विद्यालयलाई जिरी नगरपालिकाले सम्मान गर्यो।
  • विद्यालयले यो ऐतिहासिक सफलता विद्यार्थीको परिश्रम, अभिभावकको सहयोग, शिक्षकको लगनशीलता र व्यवस्थापन समितिको कुशल नेतृत्वलाई श्रेय दिएको छ।

दोलखा । ​शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजासहित दोलखा जिल्ला प्रथम हुन सफल सहिद स्मृति आवासीय माध्यमिक विद्यालय सम्मानित भएको छ । जिरी नगरपालिकाको १७ औँ नगरसभाको विशेष समारोहका बीच विद्यालयलाई सम्मान गरिएको हो । ​

उक्त परीक्षामा सहिद स्मृतिले ३.९५ GPA हासिल गर्दै जिल्लाभरिकै विद्यालयहरूमध्ये अग्रणी स्थान सुरक्षित गरेको थियो । ​ ​

नगरसभामा विद्यालयका तर्फबाट सम्मान ग्रहण गर्दै विद्यालय प्रशासनले यस ऐतिहासिक सफलताको श्रेय विद्यार्थीको कडा परिश्रम, अभिभावकको निरन्तर सहयोग र शिक्षकहरूको अहोरात्र खट्न सक्ने कार्यशैलीलाई दिएको छ । विद्यालय व्यवस्थापन समितिको कुशल नेतृत्वले पनि यस नतिजामा महत्वपूर्ण भूमिका खेलेको बताइएको छ । ​

​सम्मान कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक केन्द्र ज्योति खड्काले नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायत सम्पूर्ण नगरपालिका टिमलाई धन्यवाद दिँदै यो सम्मानले विद्यालय परिवारलाई अझ जिम्मेवार बनाएको बताए ।

सोही अवसरमा नगरपालिकाले शैक्षिक क्षेत्रमा योगदान पुर्याउने अन्य विद्यालयहरूलाई पनि सम्मान तथा बधाई दिएको थियो ।

जिरी नगरपालिकाले पछिल्लो समय शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

717 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट