मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” अभियान अन्तर्गत दोलखामा योग तथा स्वास्थ्य पर्यटन कार्यक्रम सम्पन्न
दुई दिवसीय योग, ध्यान र प्राणायाम कार्यक्रममार्फत स्वस्थ जीवनशैली तथा स्वास्थ्य पर्यटन प्रवर्द्धनमा जोड
433
SharesNews Summary
- दोलखाको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले "मेरो स्वास्थ्य, मेरो जिम्मेवारी" नारासहित दुई दिवसीय योग, ध्यान र स्वास्थ्य पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न गर्यो।
- कार्यक्रममा सहभागीहरूले योग, ध्यान, प्राणायाम तथा स्वस्थ जीवनशैली अपनाउने आवश्यकता सम्बन्धी जानकारी प्राप्त गरे।
- विभिन्न संघसंस्थाको सहयोगमा सफल भएको उक्त कार्यक्रमले भविष्यमा जनस्वास्थ्य सुधार र स्वास्थ्य पर्यटन प्रवर्द्धनमा थप योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।
चरिकोट, दोलखा । “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखा द्वारा सञ्चालन गरिएको दुई दिवसीय योग, ध्यान तथा प्राणायाम कार्यक्रम तथा स्वास्थ्य पर्यटन प्रवर्द्धन कार्यक्रम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रमको दोस्रो दिन बुधबार समापन समारोह आयोजना गरी कार्यक्रम औपचारिक रूपमा सम्पन्न गरिएको हो। कार्यक्रममा सहभागीहरूले योग, ध्यान र प्राणायामको अभ्याससँगै स्वस्थ जीवनशैली अपनाउनुपर्ने आवश्यकता सम्बन्धी जानकारी प्राप्त गरेका थिए।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेत को अध्यक्षता तथा सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आले को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्थानीयवासी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम सफल बनाउन पतञ्जली योग समिति, दोलखा, महिला पतञ्जली योग समिति, दोलखा, जीवन विज्ञान परिषद, दोलखा, जीवन विज्ञान प्रयोगशाला, दोलखा, ब्रम्ह कुमारी राजयोग, दोलखा लगायतका संस्थाहरूले सहयोग गरेका थिए।
समापन अवसरमा आयोजकले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सबै संस्था, अतिथि, पत्रकार तथा सहभागीहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रममार्फत जनस्वास्थ्य सुधार तथा स्वास्थ्य पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने प्रतिबद्धता जनाएको छ।
433 Shares