Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

स्वास्थ्य | स्थानीय सरकार | दोलखा

गौरीशङ्कर गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा, स्वयंसेविकालाई सम्मान

पूर्ण खोप सुनिश्चितता घोषणा, महिला स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ४ वैशाख २०८३, शुक्रवार
गौरीशङ्कर गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा, स्वयंसेविकालाई सम्मान

News Summary


  • दोलाखाको गौरीशङ्कर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिकाका रूपमा घोषणा गरिएको छ।
  • कार्यक्रममा स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने महिला स्वयंसेविकाहरूलाई नगद ५ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरियो।
  • गाउँपालिका अध्यक्षले स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

दोलखा । गौरीशङ्कर गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता गाउँपालिकाका रूपमा घोषणा गरिएको छ।

बिहीबार गाउँपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दोलखा का प्रमुख डीलेन्द्र बुढा मगर प्रमुख अतिथिका रूपमा सहभागी थिए। गाउँपालिका अध्यक्ष बिश्वास कार्की, उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पा, निवर्तमान अध्यक्ष स्वयं बहादुर खड्का तथा वडा अध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाहरूको भूमिका महत्वपूर्ण रहेको बताए। उनले आमाको मुख हेर्ने औँशीको अघिल्लो दिन स्वयंसेविकालाई सम्मान गर्न पाउँदा खुशी लागेको उल्लेख गरे।

यससँगै दोलखामा पुनः पूर्ण खोप सुनिश्चितता प्राप्त गर्ने गाउँपालिकाका रूपमा गौरीशङ्कर घोषणा भएको छ।

 

347 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट