Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

मेलुङ गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

मेलुङ बन्यो दोलखाको दोस्रो पूर्णखोप सुनिश्चित पालिका

सबै लक्षित बालबालिकाले राष्ट्रिय मापदण्डअनुसारका सबै खोप पूरा गरेपछि औपचारिक घोषणा

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १२ वैशाख २०८३, शनिवार
मेलुङ बन्यो दोलखाको दोस्रो पूर्णखोप सुनिश्चित पालिका

News Summary


  • दोलखाको मेलुङ गाउँपालिकालाई 'पूर्णखोप सुनिश्चित' पालिका घोषणा गरिएको छ।
  • यो घोषणा पालिकाका १५ देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार सबै आधारभूत खोप पाएको सुनिश्चित भएपछि गरिएको हो।
  • मेलुङ दोलखामा यस्तो उपलब्धि हासिल गर्ने दोस्रो पालिका हो, जसले बालमृत्युदर घटाउन र सरुवा रोगबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

दोलखा । दोलखाको मेलुङ गाउँपालिका 'पूर्णखोप सुनिश्चित' पालिका घोषणा भएको छ । सरकारको राष्ट्रिय खोप तालिकाअनुसार १५ देखि ५९ महिनासम्मका सबै बालबालिकाले सबै प्रकारका खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई औपचारिक रूपमा घोषणा गरिएको हो ।

​आर्थिक वर्ष २०८२/८३ को खोप सुदृढीकरण अभियान सफल भएसँगै गाउँपालिकाले यो सफलता पाएको स्वास्थ्य शाखा प्रमुख हरिराम चापागाईले जानकारी दिए । उनका अनुसार पालिकाका ७ वटै वडाका कुल ९८ जना बालबालिकाले बिसिजी, पेन्टाभ्यालेन्ट, पोलियो, दादुरा–रुबेला र जापानी इन्सेफलाइटिस लगायतका सबै आधारभूत खोप पूरा गरेका छन् ।

​गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बर्जुराम घतानीले स्वास्थ्यकर्मी र स्वयंसेविकाहरूको मिहिनेतले मेलुङले ठूलो सफलता हासिल गरेको बताए । उनले यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

​दोलखामा यसअघि गौरीशंकर गाउँपालिका मात्रै पूर्णखोप घोषणा भएको थियो । मेलुङ यो उपलब्धि हासिल गर्ने जिल्लाको दोस्रो पालिका बनेको छ । पूर्णखोप घोषणाले समुदायमा बालमृत्युदर घटाउन र बालबालिकालाई विभिन्न सरुवा रोगबाट बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।

304 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट