लापिलाङमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न
जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को पहिलो चरणको कार्यक्रम सम्पन्न ।
463
SharesNews Summary
- दोलखाको लापिलाङमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भयो।
- सेवालाई प्रभावकारी बनाउन र नागरिकलाई प्राकृतिक चिकित्साप्रति जागरूक गराउन कार्यक्रम केन्द्रित थियो।
- जिल्लाका अन्य आयुर्वेद औषधालय र सेवा केन्द्रहरूमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
दोलखा । कालिञ्चोक गाउँपालिकाको लापिलाङमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाको आयोजनामा चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अनुसार पहिलो चरणको कार्यक्रम लापिलाङ आयुर्वेद औषधालयमा सम्पन्न भएको हो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालन एवं व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा जिल्लास्थित आयुर्वेद औषधालय र नागरिक आरोग्य सेवा केन्द्रहरुको सेवालाई कसरी थप प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गरिएको छ।
कार्यक्रममा लापिलाङ आयुर्वेद औषधालयका कर्मचारीहरु, कालिञ्चोक गाउँपालिकाका वडा सचिव लगायत स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो। चिकित्सालयले जिल्लाका अन्य स्थानमा रहेका औषधालय र सेवा केन्द्रहरुमा पनि क्रमशः यस्ता अनुशिक्षण कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने लक्ष्य राखेको छ।
नागरिकलाई प्राकृतिक र वैकल्पिक चिकित्सा पद्धतिप्रति जागरूक गराउन र सेवाको गुणस्तर सुधार्न यो कार्यक्रम फलदायी हुने अपेक्षा गरिएको छ।
463 Shares