Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

दोलखामा स्वास्थ्य प्रणाली पुनःसंरचना: अस्पताल केन्द्रित सेवा अब गाउँ र घरदैलोतिर

उपचार होइन रोकथाम: दोलखामा स्वास्थ्य प्रणालीलाई अस्पतालबाट गाउँतिर लैजाने तयारी

धुलिखेल अस्पताल, पोसिबल स्वास्थ्य र स्थानीय सरकारको त्रिपक्षीय सहकार्यमा "जीवनचक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रम" प्रभावकारी बन्दै।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २५ वैशाख २०८३, शुक्रवार
उपचार होइन रोकथाम: दोलखामा स्वास्थ्य प्रणालीलाई अस्पतालबाट गाउँतिर लैजाने तयारी

News Summary


  • दोलखामा नसर्ने रोगको बढ्दो जोखिम सामना गर्न 'जीवनचक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रम' मार्फत स्वास्थ्य सेवालाई घरदैलोमै पुर्‍याउने प्रयास भइरहेको छ।
  • धुलिखेल अस्पताल, पोसिबल स्वास्थ्य र स्थानीय तहको सहकार्यमा ४४ जना सामुदायिक स्वास्थ्य कार्यकर्ताले ग्रामीण भेगमा स्वास्थ्य स्क्रिनिङ, परामर्श र फलोअप सेवा प्रदान गर्दैछन्।
  • यो कार्यक्रमको मुख्य उद्देश्य समुदायमा आधारित नियमित स्वास्थ्य सेवालाई स्थानीय सरकारमार्फत दिगो बनाउनु हो।

दोलखा । नेपालमा नसर्ने रोगको बढ्दो जोखिम र स्वास्थ्य सेवाको बदलिँदो आवश्यकताबीच दोलखामा स्वास्थ्य प्रणालीलाई नयाँ ढङ्गले पुनःपरिकल्पना गर्नुपर्ने बहस सुरु भएको छ। बिरामी भएपछि मात्र अस्पताल जाने परम्परागत शैलीलाई परिवर्तन गरी घरदैलोमै स्वास्थ्य सेवा पुऱ्याउने उद्देश्यका साथ जिल्लामा 'जीवनचक्रमा आधारित सामुदायिक स्वास्थ्य कार्यक्रम' सम्बन्धी नीति संवाद कार्यक्रम सम्पन्न भएको छ।

​धुलिखेल अस्पतालले पोसिबल स्वास्थ्य (Possible) सँगको प्राविधिक तथा आर्थिक सहयोगमा दोलखाका विभिन्न स्थानीय तहसँगको सहकार्यमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमले विशेषगरी ग्रामीण भेगका नागरिकलाई घरदैलोमै पुगेर दीर्घकालीन तथा निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउने मोडेललाई स्थानीय सरकारमार्फत दिगो बनाउने दिशामा महत्वपूर्ण कदम अघि बढाएको छ।

​कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार नेपालमा नसर्ने रोगले कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा ओगटेको छ। यस्तो चुनौतीपूर्ण अवस्थामा धुलिखेल अस्पतालका कार्यक्रम संयोजक विष्णु पौडेलले अब स्वास्थ्य प्रणालीलाई पुनःडिजाइन गर्नुपर्ने र समुदायमा आधारित नियमित 'फलोअप' सेवा नै भविष्यको आवश्यकता भएको बताउनुभयो।

​वि.सं. २०७३ देखि दोलखामा सुरु भएको यो कार्यक्रम हाल भीमेश्वर नगरपालिका, बैतेश्वर, कालिन्चोक र तामाकोशी गाउँपालिकामा विस्तार भइसकेको छ। हाल ४४ जना सामुदायिक स्वास्थ्य कार्यकर्ताले घरदैलोमा पुगेर स्वास्थ्य स्क्रिनिङ, परामर्श र फलोअप सेवा दिँदै आएका छन्। कार्यक्रमको दिगोपनाका लागि हालै बैतेश्वर गाउँपालिका, धुलिखेल अस्पताल र पोसिबल स्वास्थ्यबीच त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर समेत गरिएको छ।

580 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट